बर्दियामा १ लाख भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप

बर्दिया। बर्दियामा १ लाख भन्दा बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिइने भएको छ । नेपाल सरकारले अभियान कै रूपमा देशभर आगामी २५ गते देखि सञ्चालन गर्न लागेको टाइफाइड रोग विरुद्ध खोप अभियान अन्तर्गत बर्दियामा भने चैत्र २३ गते देखी २८ गते सम्म १ लाख २८ हजार बाल बालिकालाई खोप लगाइने भएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय बर्दियाको आयोजनामा सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा आगामी २३ गतेबाट २८ गतेसम्म १५ महिना देखि १५ वर्ष मुनी सम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य प्रमुख गोकर्ण गिरी बताउनुभयो ।
बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अव देखि नियमित खोप दिइने छ । राष्ट्रिय अभियानका बेला जिल्लाका ३ सय ३ विद्यालय र ७५स्वास्थ्य संस्थाहरू गरी जिल्ला भर ३ सय ७८ वटा खोप केन्द्रबाट खोप दिइने गिरी बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्