तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुख चन्द समाजवादीमा प्रवेश

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ ।

पार्टीको नगर स्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नगरप्रमुख चन्दसहित पाँच जना वडाध्यक्ष र वडा सदस्यलाई पार्टी प्रवेश गराउनुभयो । समाजवादी प्रवेश गर्ने चन्दसहित सबै जनप्रतिनिधि विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

त्यस अवसरमा नगर प्रमुख चन्दले पार्टीमा अपमानित र षड्यन्त्रहरू हुन थालेपछि बाध्य भएर पार्टी परिवर्तन गर्नुपरेको बताउनुभयो । उहाँले १० बुँदे पक्षधर तथा पूर्वमाओवादीबाट एमालेमा रहेकालाई जिल्लामा विभेद गर्नुका साथै जिम्मेवारीबाट वञ्चित गराइएको बताउनुभयो ।

नगर प्रमुख चन्दसँगै एमालेका जिल्ला कमिटी सदस्य एवं बेदकोट नगरपालिकाका युवा नेता रामचन्द्र रेग्मी लगायत सयौँ नेता तथा कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी बेदकोट नगर कमिटीले जनाएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button