तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीका सम्पूर्ण गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित : अध्यक्ष नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन दलहरूका बिच चुनावी तालमेल गर्ने सहमतिपछि जनता उत्साहित भएको बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठन कैलालीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले स्थानीय तहमा चुनावी तालमेलको मोडालिटीबारे दलहरुबिच छलफल भइरहेको बताउनुभयो ।

सञ्चारकर्मीको जिज्ञासा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठुलो दल रहेकाले मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक भएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसलाई सहभागी गराउँदा गण्डकी प्रदेश सरकारमा पनि एसलाई सामेल गराउनु पर्ने देखिन्छ, त्यसैले सबै विषयमा दलहरू बिच प्याकेजमा सहमति खोजिने उहाँले बताउनुभयो । 

देशभर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलेको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button