राष्ट्रपति भण्डारीबाट घोडे जात्रा अवलोकन
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज घोडे जात्रा मनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौँको टुँडिखेलमा सम्पन्न घोडे जात्रा समारोहमा उप–राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, कायम मुकायम प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू, प्रधान सेनापति, नेपाल सरकारका सचिव लगायतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लीलाराज खड्का र द्वितीय प्यूठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभयो ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडे जात्रा मनाइँदै आएको छ ।
जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको घटना र भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्