तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय निर्वाचनमा सत्ता साझेदार दलबिच तालमेल हुन्छ: मन्त्री आले

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरूबिच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

file photo

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य पदमा आपसी सहमतिबाट निर्णय हुने बताउनुभयो ।

उहाँले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहणका लागि १६ अर्ब रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button