तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय समिति अविलम्ब गठन गर्न निर्देशन

file photo

काठमाडौँ ।नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले विभिन्न तहमा विधानमा गरिएको व्यवस्थाबमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति अविलम्ब गठन गर्न निर्देश गरेको छ ।

पार्टी उपसभापति एवं समिति संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहिवार बसेको समितिको बैठकले प्रदेशलगायत विभिन्न तहका सभापतिको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्नेसमेत निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले आवश्यक जिम्मेवारी बाँडफाँट गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको छ । बैठकमा समिति सदस्य डा प्रकाशशरण महत (पार्टी प्रवक्ता), सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला र जीवन रानाले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button