तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा पहिलो पटक विद्युतीय बस सेवा सुरु

रुपन्देही । निजी क्षेत्रबाट राजधानी बाहिर पहिलो पटक सञ्चालनमा ल्याइएका विद्युतीय बस सेवाको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ ।

सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा सञ्चालन गर्न लागेका विद्युतीय बस मङ्गलवार ओलीले शुभारम्भ मात्र गर्नुभएन ६० किलोमिटर आफै यात्रा गरेर यसको प्रशंसा गर्नुभयो ।

रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटेलमा रिबन काटेर विद्युतीय बसको शुभारम्भ गर्नुभएका ओली यही बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएर भैरहवा एयरपोर्टसम्म करिब ६० किलोमिटर यात्रा गरेको कम्पनीका सञ्चालक डिआर घिमिरेले बताउनुभयो ।

लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पनि एमाले अध्यक्ष ओली वातावरणीय प्रदूषण कम गर्नका लागि सुन्दर यातायातले सुरु गरेको यो अभियानमा सबैले साथ दिन आग्रह गर्नुभयो ।

नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि सञ्चालन गर्नका लागि दुई वटा बस ल्याएको हो । रुपन्देही र कपिलवस्तुमा यी बसहरू सञ्चालनमा हुनेछन् ।

हाल काठमाडौँमा मात्र सञ्चालित विद्युतीय बसहरू वातानुकूलित भएकोले तराईको गर्मीमा असाध्यै लोकप्रिय हुने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button