तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई

नेपालगन्ज । आठौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्ट्स क्लबले जितेको छ ।

नेपालगन्ज रङ्गशालास्थित कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा हरियाणाले पुलिसमाथि जीत निकाल्दै उपाधि जितेको हो । उपाधिसँगै हरियाणाले नगद ५ लाख रुपैयाँ हात पारेको छ ।

पुलिसले उपविजेता बन्दै २ लाख ५० हजारमा चित्त बुझाएको छ । चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो हुँदै १ लाख र न्यु डायमन्डले चौथो हुँदै ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा भारत छत्तिस गढको एकलव्य स्पोर्ट्स कम्प्लेक्स र आयोजक लुम्बिनी सेमिफाइनल प्रवेश गर्न सकेनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button