तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रवक्ता विष्टका अनुसार स्वीकृत कार्यविधि अन्तर्गत प्राविधिक छोरी बुहारी, चिकित्सा, इन्जिनियरिङ, कृषि, भेटेनरी, उच्च शिक्षा छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यस्तै उच्च शिक्षा अपाङ्ग, दलित, जेहेन्दार, जनआन्दोलन तथा जनयुद्ध सहिदका सन्तति, सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । आधारभूत तथा माध्यमिक शिक्षामा गरिब तथा जेहेन्दार छात्रवृत्तिका लागि निजी साझेदारी कार्यक्रम गर्ने बताइएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button