पर्सा प्रशासनद्वारा इजाजत प्राप्त हतियार बुझाउन अनुरोध
बीरगंज । निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार चैत्र मसान्तभित्र बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आज प्रशासनले एक सूचना जारी गर्दै कानूनी रुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार (भरुवा तथा एयर गन बन्दुक) चैत्र मसान्तभित्र आ–आफ्नो नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो ।
आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकोले आ–आफ्नो हातहतियार नजिकको प्रहरी इकाईमा बुझाउन प्रशासनले अनुरोध गरेको हो ।
बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरिने प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।
निर्धारित समयभित्र नबुझाई अटेर गरी बसेको पाइएमा हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्