तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल २०७८ हुने

सुनसरी । सुनसरीको इटहरीमा राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत १९ गतेदेखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०७८ सञ्चालन हुने भएको छ ।

आइतबार इटहरीस्थित त्रियुगा होटेलमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, झापा ११, मोरङ ११, राष्ट्रिय जागृति क्लब इटहरी ९ आयोजक, न्यूरोड टिम काठमाडौँ, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत गरी ८ वटा टिम सहभागी हुने राष्ट्रिय जागृति क्लबका अध्यक्ष वासुदेव श्रेष्ठले जानकारी दिनुभयो ।

कुल ५४ लाख १५ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख पचास हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिता अवधिभर प्रत्येक म्याचमा म्यान अफ् द म्याच छानिने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीलाई यमाहा फ्यासिनोको स्कुटर तथा उदयमान खेलाडीलाई ४० इन्चको एलइडी टिभी समेत प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button