तपाईँ सुन्दै हुनुहुन्छः

महिला तथा बालिका हिंसालाई रोक्न कानूनकाे कार्यान्वयनमा जाेड दिन आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले महिला तथा बालिका हिंसाका कुरालाई सामाजिक समस्याका रुपमा लिएर यसको निरूपण सबैले मिलेर गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज जोन्टा क्लब अन्तराष्ट्रियका प्रतिनिधिहरूसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपालको परिप्रेक्ष्यमा महिलाको सवालमा थुप्रै प्रगतिहरू भएपनि महिला तथा बालिका हिंसाका घटनाहरू अझै पनि विभिन्न रुपमा हुने गरेकाले यसको न्यूनीकरणका लागि अझ बढी जागरणको खाँचो औँल्याउनुभयो । 

राष्ट्रपति भण्डारीले महिला तथा बालिकाको सवालमा सबै देशले कडा कानुन बनाएर त्यसको सफल कार्यान्वयनमा जोड दिनु अहिलेको आवश्यकता भएको पनि बताउनुभयो । 

कार्यक्रममा जोन्टा क्लब अन्तराष्ट्रियका प्रतिनिधिहरूले महिला हिंसाका सवालमा सबै देश र भूगोलका महिलाहरू सामूहिक रुपमा उठ्दै महिला तथा बालिकाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने प्रयास जारी रहेको बताउनुभयो । 

भेटवार्तामा नेपालस्थित जोन्टा क्लब अफ काठमाडौँ, पोखरासहित भारत, बङ्गलादेश लगायतका देशबाट जोन्टा क्लब अन्तराष्ट्रियका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

फोटो : सुनिल बज्राचार्य, राष्ट्रपति कार्यालय, शीतल निवास

प्रतिक्रिया राख्नुहोस्

Back to top button