एम्बुलेन्सको ठक्करबाट ई–रिक्सामा सवार १ को मृत्यु, ५ घाइते
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा चोकमा आज एम्बुलेन्सको ठक्करबाट ई–रिक्सामा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
ना २ ह २७६६ नम्बरको ई–रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले ठक्कर दिएको थियो । दुर्घटनामा ई–रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ वर्षीय परीक्षण राउत गम्भीर घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा ई–रिक्सामा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रामटोलकी ३१ वर्षीया काजल देवी, २५ वर्षीय धुरेन्द्र राउत, ४१ बर्षीया मञ्जु देवी, १५ वर्षीय अनिकेत पटेल र १७ बर्षीया अंजली पटेल रहेकी छन् ।
घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्