एमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चार मन्त्रीको आग्रह
सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना विकास परियोजना भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं ४ सुनसरीले कोसी गाउँपालिकामा आयोजना गरेको ‘घर–घर जाऊँ, कांग्रेस जिताऊँ ’ अभियानलाई सम्बोधन गर्दै उहाँले एमसिसी परियोजनाका विषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएकाले त्यसको पछि नलाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उक्त परियोजना केवल विकास परियोजना भएको र यसमा आउने अनुदान रकमबाट पूर्वाधार विकास, सडक र विद्युतको ट्रान्समिसन लाइन विस्तारमा खर्च हुने मन्त्री कार्कीले बताउनुभयो । एमसिसी परियोजनाबाट ७७ किलोमिटर अन्तर्राष्ट्रिय स्तरको बाटो निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
उहाँले एमसिसीका कारणले अमेरिकन सेना आउने भन्ने भ्रममा कुनै किसिमको सत्यता नभएको जनाउँदै यसले मुलुकको समृद्धिका लागि ढोका खोल्ने कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्