पर्साको भाथाधाम धार्मिक पर्यटकीय क्षेत्र घोषणा
बीरगंज । मधेस प्रदेश सरकारले आज एक कार्यक्रमबिच पर्साको भाथाधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा न १ मा पर्ने भाथाधाम दुधेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण कार्य यसै वर्षभित्र शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको भाथाधामको पर्यटकीय विकासको लागि आवश्यक सम्पूर्ण पूर्वाधार विकासको जिम्मा प्रदेश सरकारको रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र विकासको लागि पहिलो चरणमा ५ करोडको आवश्यक पूर्वाधार निर्माणका लागि विशेष प्याकेज उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
अलखदेव महतो थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, सङ्घीय सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा प्रदेश सदस्य दिपक यादव, लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्