तपाईँ सुन्दै हुनुहुन्छः

सेजमा नौ उद्योग सञ्चालनका लागि स्वदेशी लगानीकर्ताद्वारा प्रस्ताव पेश

बारा । बाराको सिमरा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा नौ उद्योग सञ्चालनका लागि स्वदेशी लगानीकर्ताहरूले प्रस्ताव पेश गरेका छन् ।

सिमरा सेजको ६८ मध्ये २७ प्लटमा करिब साँढे दुई अर्बको लगानी रहने गरी नौ वटा उद्योगहरूले आवेदनको प्रस्ताव पेश गरेका हुन् ।

सिमरा सेजका सहायक इन्जिनियर आनन्द भट्टले सिमरामा ६८ मध्ये हालसम्म २७ प्लटमा ९ उद्योगले आवेदनको प्रस्ताव पेश गरेको बताउनुभयो ।

विशेष आर्थिक क्षेत्र सेजले जग्गाको भाडा घटाएसँगै उद्योगलाई चाहिने आन्तरिक सडक, पानी, विद्युत्, सुरक्षा, तौल पुल, दूषित पानी प्रशोधन केन्द्र, बैङ्क, भन्सार, बिमा, प्रशासनिक भवन लगायतको भौतिक पूर्वाधार सम्पन्न भएपछि धमाधम आवेदन बढेको हो ।

सिमरा सेजमा भटमासको पिना, तेल, पाम आयल, मेटलका वस्तु, प्लास्टिक प्रोसेसिङ, सिसा ग्लास लगायतका उपकरण निर्माण गर्ने उद्योगहरूको प्रस्ताव रहेको सेज प्राधिकरणले जनाएको छ ।

सेज प्राधिकरणले निर्यातजन्य उद्योग स्थापनाका लागि पूर्वाधारको प्रयोग ३० वर्षका लागि भाडामा दिन लागेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button