तपाईँ सुन्दै हुनुहुन्छः

थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ सय ७१ जना सङ्क्रमणमुक्त

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा  थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । 

४ हजार ३ सय ४२ नमुनाको परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज २ सय ७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ६० रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज ६४ हजार ३ सय ४७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button