हिँड्दा हिँड्दै लडेका युवकको मृत्यु
अछाम । अछाममा हिँड्दा हिँड्दै एक्कासी लड्दा घाईते भएका एक जना युवको मृत्यु भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटका ३३ वर्षीय नरेन्द्र साउँद घरबाट बजार जाने क्रममा बुधबार दिउसो रामारोशनको बल्ले खोला नजिक हिँड्दै गर्दा एक्कासी लड्दा बेहोस भएका थिए ।
बेहोस भएका उहाँको बयलपाटा अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक साउँद हेपटाईटिस बि, छारे रोगको बिरामी रहेको बुझिएको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्