तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सुपर लिग आयोजना गर्न एन्फाको स्वीकृति

काठमाडौँ । नेपाली फुटबलको फ्रेन्चाईज लिग नेपाल सुपर लिग आयोजना गर्न अखिल नेपाल फुटबल सङ्घ एन्फाले स्वीकृति प्रदान गरेको छ ।

file photo

नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)ले प्रतियोगिता आयोजना गर्नका लागि एन्फासँग चैत २ गते अनुमति माग गरेको थियो ।

यसअघि सहिद स्मारक ए डिभिजन लिग खेल्ने ४ क्लबले एनएसलको विरोध गर्दै आएका थिए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वको विवाद समाधान कार्यदलले छलफल गरेपछि एन्फाले एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो ।

एनएसएल चैत २५ गतेदेखि शुरु हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button