दमक गोल्डकप शुरु, आयोजक बाहिरियो
झापा । झापाको दमकमा आजदेखि दमक गोल्डकप शुरु भएको छ ।
आज भएको उद्घाटन खेलमा बागमती यूथ क्लब सर्लाही आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजयसँगै आयोजक दमक ११ प्रतियोगिताबाट बाहिरिएको छ ।
दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल रानामगरले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । दमक ११ का खेलाडीले बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो ।
बुधवारको खेलको म्यान अफ द म्याच विजयी टोली बागमतीका गोलरक्षक मनोज प्रधान भए । उनले दश हजार नगद पुरस्कार पाए ।
भोलिको खेल दुर्गापुर सन्डे कोलाकाता र गोर्खा ब्वाइज रुपन्देहीबिच हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य अर्जुन राईले गर्नुभएको थियो भने १८ गतेसम्म चल्ने प्रतियोगिताको समापन पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्