इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच वार्ता
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले मङ्गलबार इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेट र युएईका डिफ्याक्टो शासक अबु धाबीका क्राउन प्रिन्स मोहम्मद बिन जायदसँग वार्ता गर्नुभएको उहाँको कार्यालयले जनाएको छ।
शर्म अल–शेखको रेड सी रिसोर्टमा भएको बैठकमा ऊर्जा, बजार स्थायित्व र खाद्य सुरक्षा बारे छलफल भएको इजिप्टका राष्ट्रपतिका प्रवक्ता बसम राडीले बताउनु भएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्