तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरा महोत्सव २०७८ सुरु

डडेलधुरा । प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागी डडेलधुरा महोत्सव २०७८ आज देखि सुरु भएको छ ।

अमरगढी नगरपालिका स्थापना भएको २५ वर्ष पुगेको अवसरमा सदरमुकाम अमरगढी नगरपालिका–४ टुँडिखेलमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले महोत्सवको उद्घाटन गर्नुभयो ।

चैत्र १० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख जोशीले आर्थिक समृद्धिका लागी महोत्सव आवश्यक रहेकोमा जोड दिनुभयो ।

सरकारले वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबै लाग्नुपर्नेमा समेत प्रमुख जोशीले जोड दिनुभयो ।

स्थानीय प्रतिभाको पहिचान, संस्कृति झल्किने सुदूरपश्चिम एवं डडेलधुराका सांस्कृतिक प्रस्तुति प्रदर्शनका साथै स्थानीय उत्पादनहरू प्रदर्शनी र व्यापार गरिने अमरगढी नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button