तपाईँ सुन्दै हुनुहुन्छः

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

जेनेभा। रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् ।

राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् ।

त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ ।  

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो । 

युक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रअरी २४ देखि आक्रमण गरेको हो । आक्रमण र वार्ता अहिले पनि जारी छ । तर वार्ताले नतिजा दिन सकेको छैन ।

“पछिल्लो झण्डै चार हप्ता विश्वको ध्यान यूक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ,” यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भन्नुभयो । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button