जुम्लामा ४ वर्षपछि खुल्यो लाइसेन्स वितरण, चालकहरू उत्साहित
जुम्ला । चार वर्षदेखि बन्द रहेको सवारी अनुमति पत्र लाइसेन्स फागुन अन्तिम साताबाट जुम्लामै खुलेपछि अटो चालकहरू उत्साहित भएका छन् ।
मोटरसाइकल चालकहरू पनि लाइसेन्स वितरण खुल्दा निकै खुसी छन् ।

शनिवार गरिएको प्रयोगात्मक परीक्षाबाट ३५ जनामध्ये २३ जना मात्रै पास भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोक बहादुर महतले बताउनुभयो ।
उहाँका अनुसार एक जना अनुपस्थित र ११ जना असफल भएका छन् । असफल भएका ११ जनाले तत्काल पुन प्रयोगात्मक परीक्षा दिन पाउनेछन् ।
हालसम्म मोटरसाइकल र स्कुटरका २ सय ६० जनामध्ये २५ जना मात्रै प्रयोगात्मक परीक्षामा पास भएका छन् । जिपको नतिजा आउन बाँकी छ ।
बढ्दो माग र गुनासोपछि विभागले गुनासो सम्बोधन गर्दै लाइसेन्स खुलेको र पहिलो चरणको सबै वितरणपछि मात्रै दोस्रो चरणको अनलाइन फाराम खुल्ने छ ।
लाइसेन्सका लागि परीक्षा दिने, प्रयोगात्मक परिक्षण गर्ने काम आगामी असार महिनासम्म जारी रहने यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।
यातायात व्यवस्था विभागले गएको फागुन २० गतेदेखि जुम्लामा लाइसेन्सको अनलाइन फाराम खोलेको थियो । चैत १ गतेबाट अर्को सूचना नहुन्जेल अनलाइन फाराम बन्द गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्