परियोजनाका काम तत्काल अघि बढाउन मन्त्री झाँक्रीको आग्रह
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम भइरहेको बताउनुभयो ।

शुक्रवार मन्त्रालयमा एसियाली विकास बैङ्क (एडिबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गर्नुभयो ।
मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताउनुभयो ।
पूर्वाधारका क्षेत्र हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधिबिच छलफल भएको हो ।
छलफलमा मनिलास्थित एडिबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्