तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच स्थानीय तह निर्वाचनका विषयमा छलफल

काठमाडौँ । सत्तारूढ तीन दलका शीर्ष नेताहरुबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका विषयलाई लिएर आज बिहान छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचनका विषयमा छलफल भएको हो । 

छलफलमा प्रधानमन्त्री देउवासँग माओवादी अध्यक्ष प्रचण्डले आगामी निर्वाचनका विषयमा भइरहेको हल्लाबारे जिज्ञासा राख्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो । 

जवाफमा प्रधानमन्त्री देउवाले यस्ता खालका हल्ला चलिरहे पनि निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button