टाँगिया बस्तीमा बिद्युतीकरण प्रक्रिया अघि बढ्यो
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा बिद्युतीकरणका लागि २ करोड ६० लाखको टेन्डर आह्वान गरिएको छ ।
ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री पम्फा भुसाल, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की र बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ टाँगिया बस्ती यो जानकारी दिनुभएको हो ।

बत्तीको उपभोग गर्न पाउनु जनताको मौलिक अधिकारभित्र पर्ने भएकाले बिद्युतीकरणको कार्य अगाडि बढाइएको मन्त्री भुसालले बताउनुभयो ।
पछिल्लो समय ग्याँस, तेल लगायतको मूल्य वृद्धि भएर आकासिने क्रममा रहेकाले विकल्पमा बिद्युतको प्रयोग बढाउनुपर्नेमा उहाँको जोड छ । उहाँले जनताको आवश्यकता महसुस गर्दै बिद्युतको मूल्य ५० प्रतिशतले घटाइएको उल्लेख गर्नुभयो ।
टाँगिया बस्तीमा १ हजार ७ सय घर धुरीमा करिब १० हजार मानिसको बसोबास छ । केही महिनाअघि माओवादी केन्द्रका जनप्रतिनिधि तथा नेता कार्यकर्ता ऊर्जा मन्त्रालयमा डेलिगेसन गई टाँगिया बस्तीमा बिद्युतीकरणको माग गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्