चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक गर्ने एमालेको निर्णय
भक्तपुर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक चैत ९ र १० बस्ने निर्णय गरेको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
चैत ७ गते पोलिट ब्युरोको बैठक बस्ने छ भने चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको उहाँले बताउनुभयो ।
स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माण गर्न नेकपा एमालेले पार्टी कमिटीका बैठकहरू आह्वान गरेको हो । केन्द्रीय सचिवालयको बैठकले पोलिट ब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ । पार्टीले वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको गुरुङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्