३३ प्रतिशत महिला सहभागिताको एजेन्डा एमाले नेतृत्वमा पारित भएको : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ प्रतिशत महिला सहभागिताको एजेन्डा एमाले नेतृत्वमा २०६३ सालमा पुनर्स्थापित संसद्ले पारित गरेको बताउनुभएको छ ।
काठमाडौँमा आज अखिल नेपाल महिला सङ्घको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले २०५३ सालमा आफ्ना नेताहरूको पहलमा महिला सहभागिता २० प्रतिशत पुर्याउदै ५४ सालको स्थानीय निर्वाचनमा कार्यान्वयन गरिएको बताउनुभयो ।
अध्यक्ष ओलीले महिला सशक्तीकरण, सामाजिक न्याय र जागरणको क्षेत्रमा, नीति निर्माणको क्षेत्रमा आफूहरूले अगुवाइ गर्दै देशलाई झकझक्याउने काम गरेको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्