तपाईँ सुन्दै हुनुहुन्छः

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख २ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैंयाँले घटेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button