तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा दक्षिण एसियाली महिला सम्मेलन हुँदै

काठमाडौँ । महिला हिंसा विरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन भोलिदेखि काठमाडौँमा दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, वुमन एनजिओ फेडेरेसन र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनबारे जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सीमान्तकृत लगायतका महिला बढी हिंसा प्रभावित हुने गरेको बताउनुभयो ।

सम्मेलन भोलि र पर्सी दुईसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button