तपाईँ सुन्दै हुनुहुन्छः

श्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना र सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) र रेडियो नेपालबीच श्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना र  सन्देश तथा कार्यक्रम प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ। 

सम्झौता अनुसार रेडियो नेपालले नेपाली सहित मैथिली, भोजपुरी, थारु, जुम्ली र डोटेली भाषामा प्रधानमन्त्री रोजगार कार्यक्रमले न्यूनतम आय भएका नागरिकलाई प्रदान गर्ने रोजगारी सम्बन्धी सूचना सन्देश प्रसारण गर्ने छ। 

यसैगरी रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रममा नेपाल सरकारको श्रमको सम्मान राष्ट्रिय अभियान रणनीतिले समेटेका विषय बस्तुलाई आधार मानेर कार्यक्रम उत्पादन तथा प्रसारण गरिने छ। यस अन्तर्गत न्यूनतम रोजगार नागरिकको अधिकार, स्थानीय सरकार रोजगारीको आधार, तथा श्रमिक सम्मान कार्यक्रम लगायत श्रम सम्बन्धी विविध विषय समेटिने छन्।

सम्झौता पत्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव डण्डुराज घिमिरे र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आज हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button