तपाईँ सुन्दै हुनुहुन्छः

१५ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक सम्पन्न 

काठमाडौँ । अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । 

आज एक विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले बुधवारदेखि सुरु भएर आज सकिएको केन्द्रिय कमिटी बैठकले अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरेको जानकारी दिनुभयो । 

सुझावसहित पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय राजनीतिक परिस्थिति विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका सङ्गठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषय समेटिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

बैठकले १५ बुँदे समसामयिक प्रस्तावहरू समेत पारित गरेको नेकपा समाजवादीले जनाएको छ । 

No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button