भोजपुरमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकपमा भारत सहित आठ टिमले सहभागिता जनाउने

भोजपुर । प्रदेश १ को पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा आगामी चैत्र १ गतेबाट पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सो प्रतियोगितामा बङ्गाल भारतको टिम सहित आठ टिमले सहभागिता जनाउने भएका छन् ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा अमुक्ता परिवार, वेष्ट बङ्गाल भारतका साथै भोजपुर, सगरमाथा यूथ क्लब मोरङ, राष्ट्रिय जागृति क्लब सुनसरी, भगवती स्पोर्टस क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोटिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनु भयो ।
ठुलो राशिमा हुन गई रहेको प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख हात पार्ने छन् । प्रतियोगिता आगामी चैत्र १ गते देखि ७ गतेसम्म सञ्चालन हुने बताउँदै आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष सुवालले प्रतियोगिता सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्