मेलम्चीमा ७१ जनाले गरे रक्तदान

सिन्धुपाल्चोक । मेलम्चीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् ।
सिन्धु विकास बैङ्क मेलम्ची शाखाको आयोजनामा आइतबार भएको कार्यक्रममा सर्वसाधारण, प्रहरी, कर्मचारी, व्यवसायीलगायत ७१ जनाले रक्तदान गरेका हुन ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक, भक्तपुर रक्त सञ्चार सेवाको समन्वय तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको सिन्धु विकास बैङ्क मेलम्चीका प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो ।
बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको दुलालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्