तपाईँ सुन्दै हुनुहुन्छः

वैशाख ३० मै स्थानीय निर्वाचन सम्पन्न हुन्छ: गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले वैशाख ३० मै स्थानीय निर्वाचन हुने बताउनुभएको छ ।

श्री पक्लीहवा माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव समारोह, भवन शिलान्यास तथा अभिभावक भेलामा गृहमन्त्री खाँणले नेपाल सरकारले घोषणा गरेको मितिमै, ७० दिनपछि वैशाख ३० गते निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुने मन्त्री खाँणले बताउनुभयो ।

निर्वाचनमा सबै राजनैतिक दलहरूले स्वस्थ प्रतिस्पर्धामा भाग लिने गृहमन्त्री खाँणले जानकारी दिनुभयो ।

सरकार लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्कन नसक्ने, संविधानमा कुनै कमी कमजोरी भए सुधार्न सकिने मन्त्री खाँणको भनाइ छ ।

सरकारले कुनै पनि बहानामा हिंसा स्वीकार्न नसक्ने उल्लेख गर्नुभयो ।

श्री पक्लीहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको अध्यक्षतामा भएको ६३ औँ वार्षिकोत्सव समारोह, भवन शिलान्यास तथा अभिभावक भेलामा विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button