तपाईँ सुन्दै हुनुहुन्छः

‘काँग्रेस एकताबद्ध भई निर्वाचनमा उत्रिन्छ’

वीरगञ्ज । नेपाली काँग्रेसको सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जनार्दन सिंह क्षेत्रीले सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई एकताबद्ध बनाई आगामी निर्वाचनमा नेपाली कांग्रेस सशक्त रुपमा उत्रने बताउनुभएको छ ।

सभापतिमा निर्वाचित भएपछि आज रेडियो नेपालसँग संक्षिप्त कुरा गर्दै सभापति सिंहले आफूलाई विश्वास गरी जिम्मेवार सुम्पिने समस्त नेता तथा कार्यकर्ताको भावना अनुरूप सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक मान्यताअनुसार सङ्गठनको नेतृत्व चयन गर्ने एउटा उपाय मात्रै निर्वाचन भएको हुँदा जित हार ठूलो कुरा नभएको बताउँदै सङ्गठनलाई सशक्त रुपमा हाँक्ने चुनौती ठूलो कुरो भएको बताउनुभयो ।

निर्वाचन अघि आफूहरू छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएको भए पनि अब तमाम पार्टीका कार्यकर्ता एकजुट भई अगाडी बढ्नुको विकल्प नरहेकोमा नेता सिंहले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button