तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनः मतदान 

राँझा । नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनः मतदान भएको छ ।

बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । 

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । काँग्रेसको १४औँ जिल्ला अधिवेशनमा कूल एक हजार ४९३ मतदाता छन् । 

बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button