तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल

पोखरा।प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन हुनुभएको छ । बिहीबार पोखरामा भएको प्रदेश अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) तर्फ रोशनी गुरुङ चयन हुनुभएको छ भने महासचिवमा आश गुरुङ चयन चयन हुनुभएको छ । सचिवमा कमल सुवेदीले, सचिव (समावेशी) मा गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे चयन हुनुभएको छ ।

सदस्यहरूमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्धव कुमाल, कुमार पौडेल, वसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, चित्र गुरुङ, शर्मालिा विक, राजन उपाध्याय, युवराज गुरुङ, डिलबहादुर विक, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, चित्र गुरुङ्ग, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज आचार्य, राजन पौडेल, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कँडेल चयन हुनुभएको छ ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अधिवेशनको बिहीबार नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको थियो । उद्घाटन गर्दै उहाँले प्रेस चौतारी अन्य पत्रकार सङ्गठन भन्दा सबैभन्दा राम्रो र मजबुत रहेको बताउनुभयो । 

उहाँले प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारीलाई सबैभन्दा उत्कृष्ट सङ्गठनको नाम लिँदा प्रेस चौतारीको नाम आउने भएकाले सोही अनुसार लाग्नुपर्ने बताउनुभयो । श्रमजीवी पत्रकारहरूको सङ्गठनलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने कुरामा लाग्न अनुरोध गर्नुभयो ।  पत्रकारले अध्ययनलाई प्राथमिकता दिनुपर्ने र विज्ञ पत्रकार बन्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button