सत्ता गठबन्धन दलहरुबीच आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल

काठमाडौँ । सत्ता गठबन्धन दलहरुबीच आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सत्तारुढ दलहरुबीच चुनावी सहकार्यका विषयमा छलफल भएको हो ।
बैठकमा आगामी निर्वाचनमा सहकार्यका विषय र एमालेले सदनमा गरिरहेको अवरोध हटाउन आग्रह गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएपछि आज सत्तारुढ चार दलको बैठक बसेको थियो ।
एमसीसीमा मात्र जनमोर्चाको फरक मत रहेको भन्दै प्रवक्ता कार्कीले अन्य निर्णय प्रक्रियामा जनमोर्चा पनि सहभागी हुने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्