तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठकमा ढिलाइ

काठमाडौँ । राजनीतिक छलफल कायमै रहेकाले प्रतिनिधिसभाको आजको बैठक समयमा सुरु हुन सकेको छैन । 

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक १ः३० बजेसम्म सुरु हुने सङ्केत देखिएको छैन ।

आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल गर्नेलगायत कार्यसूची छ । कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक डाक्नुभएको छ । 

सो प्रस्तावमा सत्ता गठबन्धनमा सामेल दलहरू बीचमै समान धारणा नहुँदा नियमित कार्यसूचीमा प्रवेश गर्न कठिनाइ भइरहेको छ । एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button