चेक बाउन्सको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
झापा । झापामा चेक बाउन्सको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । बिर्तामोडको सिटी सेन्टर क्षेत्रबाट बिर्तामोड –५ का ३६ वर्षीय दिनेश लिम्बुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बुले बिर्तामोड– ६ का यमबहादुर बस्नेतबाट विभिन्न मितिमा २ लाख ३० हजार ठगी गरेको प्रहरीले जनाएको छ । पुनः मुद्दा मिलाउन भनी ४ लाख रुपैयाँ मागेपछि ठगी गरेको घटना बाहिर आएको हो ।
आफू ठगिएको थाहा पाएपछि बस्नेतले उक्त रकम दिलाई पाउँ र लिम्बुलाई आवश्यक कारबाही गरी पाउँ भनी इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिनुभएको थियो ।
लिम्बूलाई म्याद थप गरी कानूनी प्रक्रिया अगाडि बढाइएको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्