पूर्वी नाकाबाट भन्सार छली नेपाल भित्र्याइएका १० लाख मूल्य बराबरको कपडा बरामद

भद्रपुर, झापा । पूर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बुधवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यान चालकले भृकुटीबाट लोड गरेर इँटा भट्टाको बाटो हुँदै बिर्तामोडतर्फ लगिरहेका अवस्थामा प्रहरीले भ्यानलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा कपडा बरामद गरेको बताइएको छ ।
बरामद गरिएका कपडामा साडी, थान कपडा, गन्जी, कुर्थी, कुर्तालगायत रहेको र ती सामान बुधवार नै भद्रपुर भन्सार कार्यालयमा बुझाइसकिएको डिएसपी पाठकले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्