राप्रपा पदाधिकारी बैठक सुरु

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।
समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारीहरु र प्रदेश समितिका अध्यक्षको सहभागीता रहेको छ ।
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि त्यसबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्