तपाईँ सुन्दै हुनुहुन्छः

आँखा अस्पताललाई २० थान पङ्खा सहयोग    

वीरगंज । सेन्चुरी कमर्सियल बैङ्क वीरगंजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर.एम.केडिया आँखा अस्पताललाई २० थान पङ्खा सहयोग गरेको छ । 

बैकका प्रदेश प्रमुख सुभाष शर्मा तथा शाखा प्रमुख शिवनाथ प्रसाद साहले संयुक्त रुपमा ५० हजारको २० थान पङ्खा अस्पताल समितिका कोषाध्यक्ष प्रदीप केडिया तथा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा केन्द्र प्रतिनिधि श्याम कुमार पोखरेलमार्फत हस्तान्तरण गर्नुभयो ।

सेवाग्राहीहरूलाई गर्मीमा शीतलता प्रदान गर्नका लागि उक्त सहयोग हस्तान्तरण गरिएको सेन्चुरी कमर्सियल बैङ्क वीरगञ्ज शाखा प्रमुख शिवनाथ प्रसाद साहले बताउनुभयो ।

अस्पतालका कोषाध्यक्ष प्रदीप केडिया तथा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा केन्द्र प्रतिनिधि श्याम कुमार पोखरेलले सामाजिक कार्य गर्नै सेन्चुरी कमर्सियल बैङ्कलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सहयोग वितरण समय डा.गोविन्द गुरुङ र अस्पतालका कर्मचारीहरू कान्तकानु, शिवशङ्कर प्रसाद, गजेन्द्र देव, रासदेव साहको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजीकरण अस्पतालका वरिष्ठ अस्पताल प्रशासक प्रकाश कुमार वर्माले गर्नुभएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button