तपाईँ सुन्दै हुनुहुन्छः

बाँझोपनको उपचारपछि झापाकी एक महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

भद्रपुर, झापा । ६ वर्षसम्मको बाँझोपनको उपचारपछि झापाकी एक महिलाले जुम्ल्याहालाई जन्म दिनुभएको छ । झापा कनकाई नगरपालिका वडा नं. ५ की सरिता धमलाले सोमबार बिर्तामोडस्थित मनमोहन अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिनुभएको हो ।

६ वर्षसम्म सन्तान नभएपछि सन्तान हुने आशा मारेका धमला दम्पतीमा यतिबेला खुशीको सीमा छैन ।

सरिताका श्रीमान् भेषराज धमलाले देशका विभिन्न अस्पताल धाउँदा पनि कुनै उपाय नलागेपछि सन्तानको माया मारिसकेको तर मनमोहन अस्पतालका डा. एकराज गौतमले  नियमित उपचार गरेपछि श्रीमती सरिताको गर्भ बसेको बताउनुभयो ।

महिलामा अण्डा नबस्ने समस्या रहेको बताउँदै डा. गौतमले अण्डा बसाउने सुई प्रयोग गरिएपछि सफलता हात लागेको बताउनुभयो । 

डा. गौतमका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. गौतमले ६ वर्षको बाँझोपनामा सन्तान जन्माउने कुरा सामान्य नभएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button