तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

भियना । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।
शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्।
अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्। रासस- सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button