तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर आबद्धता गरी भुक्तानी सेवालाई सर्वसुलभ बनाउन थप व्यवस्था

file photo

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी सम्बन्धी कार्यलाई थप व्यवस्थित गर्न अन्तर आबद्धता सम्बन्धी थप व्यवस्था गरेको छ ।

केन्द्रीय बैङ्कले अनुमति प्राप्त भुक्तानी सम्बन्धी कार्यमा संलग्न संस्थाले आफ्नो प्रणाली संयन्त्र वा उपकरणलाई अन्य संस्थाकै प्रचलनमा ल्याएको प्रणाली, संयन्त्र वा उपकरणसँग अन्तरआवद्धता गरी भुक्तानी सेवालाई सर्वसुलभ बनाई सर्वसाधारणको पहुँच बिस्तार  गर्न उक्त व्यवस्था गरेको जनाएको छ ।

हाललाई उक्त निर्देशन अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवा जस्तै मोबाइल बैङ्क, मोबाइल, वालेट, क्यु आर कोर्ड आदिमा लागु हुनेछ ।

साना मूल्यका भुक्तानी प्रणालीमा आबद्ध अन्य सहभागी संस्था, केन्द्रीय बैङ्कले समय समयमा साना मूल्यका भुक्तानी प्रणाली अन्तरगत पर्ने गरी परिभाषित गरेका कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा यो व्यवस्था लागु हुने राष्ट्र बैकले निर्देशनमा उल्लेख गरेको छ ।

केन्द्रीय बैङ्कको व्यवस्था अनुसार विशेष प्रकृतिका अन्य कुनै उपकरणलाई अनिवार्य रुपमा अन्तरआवद्ध गर्ने गरी निर्देशन दिएमा सोही बमोजिम अन्तर आबद्धता कायम गर्नु गराउनु पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button