तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर ५ हजार २९२ जनामा संक्रमण पुष्टि, संक्रमित ८ को मृत्यु

File Photo

काठमाडौँ । आज देशभर ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । 

१० हजार ३ सय ६८ नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ र ५ हजार ७ सय २० नमुना एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय २० जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ८ हजार १ सय ९१ जना संक्रमित निको भएका छन् हालसम्म ९० दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेका तथ्याङ्क छ ।

आज संक्रमित ८ को मृत्यु भएको छ भने हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ४३ पुगेको छ । 

हाल देशभर ७९ हजार २ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button