बाँकेमा अहिलेसम्मकै उच्च सङ्ख्यामा कोरोना पुष्टि, एकै दिन १३७ जना थपिए

नेपालगञ्ज । बाँकेमा आज अहिलेसम्मकै उच्च सङ्ख्यामा कोरोना पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये करिब दुई तिहाईमा संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १३७ जनामा कोरोना पुष्टि भएको छ । जुन ७०.२६ प्रतिशत हो । भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा १९५ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । यसमा बाँकेमा मात्र ९७ जना छन् ।
भेरीमा १२३ नमुना जाँच्दा ९१, मेडिकल कलेजमा ४४ मा ३० र बागेश्वरी ल्याबमा २८ नमुनामा १६ जनालाई कोरोना पुष्टि भएको छ । आज ३९ जना निको भएका छन् । यहाँका अस्पताल र आइसोलेसनमा ३३ जना उपचाररत छन् । ती मध्ये ३१ जना मध्यम, १ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् ।
यस्तै नेपालगञ्जको जमुनाहा नाकामा ३६१ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन वलीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्